जन्मकैद सजाय पाएका म्याग्दीका जयन्द्र ९ वर्षपछि प्रकाउ

पाेखरा | बैशाख १, २०८०

जन्मकैद सजाय पाएका म्याग्दीका जयन्द्र ९ वर्षपछि प्रकाउ

पोखरा:   जिल्ला अदालत कास्कीले कर्तव्य ज्यान मुद्धामा जन्मकैद फैसला पाएका फरार प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ । 


२०७० पुस १३ गते कास्कीको साविक सार्दीखोला गाविस ८ बस्ने भिमबहादुर मगरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको कसुरमा जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला गरेको म्याग्दीका जयन्द्र पाईजा पुनलाई ९ वर्षपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।  


कास्की प्रहरीका अनुसार म्याग्दी स्थायी घर भएर कास्कीको माछापुच्छ«े गाउँपालिका २ भराभरी बस्दै आएका ३७ वर्षीय पुनलाई जिल्ला अदालत कास्कीले ०७३ जेठ १७ गते कर्तव्य ज्यान मुद्धामा जन्म कैद सजाय फैसला गरेको थियो । 


 

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्